जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

वेब सिरिजका रुपमा आउने भयो अनुपको नाटक ‘यौटा सपनाको अवसान’

जोयनेपाल
0
Shares
नाटक ‘एउटा सपनाको अवसान’ मा अभिनय गर्दै कलाकारहरु

काठमाडौँ– गत वर्ष चैत्र १० देखि वैशाख १३ सम्म मण्डला नाटक घरमा मञ्चन भएको नाटक ‘यौटा सपनाको अवसान’ अब वेब सिरिजको रुपमा आउने भएको छ ।

महिना दिनसम्म हाउसफूल रहेको नाटक कान्तिपुर सिनेमाजमा नयाँ वर्षदेखि आउने भएको हो । यसको निर्माण कम्पनी गोविन प्रोडक्सन र पौराणिक पिक्चर्सले सिरिजको पोष्टर सार्वजनिक गर्दै नाटकलाई नयाँ दर्शकमाझ लैजाने प्रयास स्वरुप यसलाई ओटिटीमा रिलिज गर्न लागिएको जनाएको छ ।

नाटकका निर्माता गोविन्द पराजुलीले नयाँ दर्शकको खोजी गर्ने क्रममा नयाँ माध्यममा आउने निर्णय गरेको जनाए । ‘नाटकलाई चलचित्र जस्तो धेरै समय हलमा चलाउन मिल्दैन, किनकि नाटकमा कलाकारको प्रत्यक्ष उपस्थिति चाहिन्छ, यही कारण हामीले दर्शकको चाहाना हुँदा हुँदै पनि एक महिनाभन्दा बढी समय मञ्चन गर्न सकेका थिएनौँ । त्यतिबेला हेर्न छुट्नुभएका नाट्यप्रेमीसँगै संसारभरका दर्शकका लागि सिरिजको माध्यम छानेका हौँ’, निर्माता गोविन्दले बताए ।

वरिष्ठ नाटय निर्देशक अनुप बरालले निर्देशन गरेको यस नाटकले आर्थिक मन्दीमा फसेको एक परिवारको कथा प्रस्तुत गर्छ । १ महिनासम्म चलेर ६ हजार दर्शकले प्रत्यक्ष हेरेको यस नाटकमा दिया मास्के, दिव्यदेव, मेनुका प्रधान, रोय, विकाश जोशी, शेखर चापागाईंको मुख्य अभिनय रहेको छ ।

नाटकमा न्हयु बर्जाचार्यको संगीत संयोजन, विप्लव प्रतिकको ट्रान्सक्रियसन र गीत रहेका छन् । सिरिज कान्तिपुर सिनेमाजमा ७ भागमा प्रसारण हुनेछ ।

नाटकलाई सिरिजको रुपमा प्रस्तुत गरेर एउटा प्रयोग गर्न लागेको र यसले राम्रो नाटकलाई डिजिटल्ली जोगाएर राख्ने प्रयासले पनि सार्थकता पाएको निर्माता पराजुलीले बताए ।

कालान्तरमा यसले नाटकको डिजिटल बजार निर्माणमा पनि ठोस शुरुवात गर्ने उनको अपेक्षा छ । सिरिजको वैशाख १ गते प्रिमियर जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?