यी हुन विश्वको सबैभन्दा बढी गुरूत्वाकर्षण भएका तीन स्थान

काठमाडौँ – तपाईँलाई थाहा छ ? गुरुत्वाकर्षण बल संसारमा सबै ठाउँमा समान छैन। विश्वमा तीन वटा ठाउँहरू छन्, जसलाई प्रचण्ड चुम्बकीय शक्तिको केन्द्र मानिन्छ।

आज हामी गुरुत्वाकर्षण सबैभन्दा बढी महसुस गरिने स्थानहरूको बारे जानकारी दिँदै छौँ । 

जसमध्ये एक केन्द्र एउटा प्रमुख केन्द्र भारतको उत्तराखण्ड राज्यमा छ। यो ठाउँ उत्तराखण्ड राज्यको कुमाउँ क्षेत्रको अल्मोडा जिल्लामा पर्दछ ।  

जब अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अल्मोडा जिल्लाको कासार पर्वतको अनुसन्धान र अध्ययन गर्‍यो, तब थाहा भयो कि कासार देवी मन्दिर वरपरको सम्पूर्ण क्षेत्र भ्यान एलेन बेल्टको एक हिस्सा हो।

जब अनुसन्धान अगाडि बढाइयो, नासा कासार पर्वतको विशाल ब्रह्माण्डीय ऊर्जा देखेर छक्क परेको थियो ।

नासाले कासार पर्वतको माटोमा विशाल भू–चुम्बकीय निकाय रहेको बताएको छ । यस कारणले गर्दा यस क्षेत्रमा गुरुत्वाकर्षण बल अन्य स्थानको तुलनामा धेरै बढी छ। नासाले कासार पर्वतमा भ्यान एलेन बेल्ट बन्नुको कारण थाहा पाउन लामो समयदेखि अनुसन्धान गरेको थियो ।

उत्तराखण्डको कासार देवी मन्दिर वरपरको क्षेत्र बाहेक, दक्षिण अमेरिकाको पेरुको माचु पिचु र इङ्गल्याण्डको स्टोन हेन्जे बीच धेरै समानताहरू छन्।

तीनै ठाउँमा चुम्बकीय शक्तिको विशेष किरण भेटिएको छ । यस्तो अवस्थामा तीनै स्थानमा ध्यान गर्नाले मानसिक शान्ति प्राप्त हुन्छ भन्ने विश्वास पनि गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?