जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ललितपुरको मंगलबजारमा दिउँसै चोरी गर्ने चार जना पक्राउ

काठमाडौं । प्रहरीले ललितपुर महानगरपालिका वडा नं- १२ मंगलबजारस्थित रामबहादुर नेपालीको घरमा दिउँसै चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार नेपालीको घरमा कोही नभएको मौका पारी प्रवेश गरी ढोका फोडी विभिन्न अन्दाजी चार तोला ८० लाल सुनका गहना चोरी गर्ने कार्यमा संलग्न चार जनालाई पक्राउ गरेको हो ।

अपराध अनुसन्धान शाखा ललितपुरले स्थायी घर झापा भई हाल ललितपुर बस्ने २० वर्षीय सन्देश नेपाली, पोखरा घर भई काठमाडौं बस्ने २६ वर्षीय अनीश पौडेल, नुवाकोट घर भई क्षेत्रपाटी बस्ने ४१ वर्षीय ज्ञानबहादुर विश्वकर्मा र काठमाडौंका ३० वर्षीय राजकुमार विश्वकर्मालाई पक्राउ गरेको जानकारी दिएको छ ।

उनीहरूसहित एक लाख ३४ हजार तीन सय रुपियाँ र सुनको गहना बरामद गरिएको साथै अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर ललितपुर पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?