जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानद्वारा नौ जना सम्मानित

मनहरी– भीम विराग सङगीत साहित्य कला प्रतिष्ठानले आज नौ जनालाई सम्मानित गरेको छ ।

हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा प्रतिष्ठानले आज हेटौँडामा साहित्य, सङ्गीत, कला र पत्रकारितातर्फका विभिन्न विधामा सम्मानित गरेको हो ।

प्रतिष्ठानले साहित्य पुरस्कारबाट सुनसरीकी कुन्ता शर्मा, सङ्गीत पुरस्कारबाट मकवानपुरका लाल श्रेष्ठ, कला पुरस्कारबाट मकवानपुरकै बीएस राना र पत्रकारितातर्फ ललितपुरका जयदेव भट्टराईलाई पुरस्कृत गरेको हो । प्रतिष्ठानले उनीहरुलाई जनही रु २५ हजार राशिसहित पुरस्कृत गरेको हो ।

यस्तै प्रतिष्ठानले रु १५ हजार राशिको तुलसीमाया–शिवकुमारी सृजनशील नारी सम्मानबाट मञ्जु खराललाई, रु १५ हजार राशिको शिला नारी पुरस्कार निरु मगरलाई, रु २० हजार राशिको रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार पम्फा थापा मगरलाई प्रदान गरेको छ ।

यस्तै रु १० हजार राशिको मङ्गलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार सीमा मिश्रलाई र रु १० हजार राशिको अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार बाराकी अञ्जु धिताललाई प्रदान गरिएको छ ।

मिश्र मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी हुन् भने धिताल बारा शिक्षकको रुपमा कार्यरत दृष्टिविहिन हुन् ।

पुरस्कार वितरण कार्यक्रममा भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको सभा अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख अतित्थता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?