जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नाटक ‘गिल्टी अर नट गिल्टी’ मञ्चन

काठमाडौँ- टेकुस्थित कौसी थिएटरमा जेठ ३ देखि नाटक ‘गिल्टी अर नट गिल्टी’ मञ्चन भएको छ।

नाटक रसियन-अमेरिकन लेखक अयन र्‍यान्डको नाटक ‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’मा आधारित छ। नाटकको निर्देशन तथा डिजाइन रङ्गकर्मी राजकमल फकिरले गरेका छन्।

निर्देशक फकिरका अनुसार नाटकमा अग्रवाल इन्भेष्मेन्ट भेन्चरका सञ्चालक राधेश्याम अग्रवाल पात्रको १९औं तलाबाट खसेर मृत्यु भएपछिको अदालतमा उनको हत्या हो कि आत्महत्या भन्ने बहस प्रस्तुत गरिएकाे छ ।

रहस्य र थ्रीलर जनरामा बनेको नाटकमा विजय ताम्राकार, आभास अधिकारी, समापिका गौतम, बासना तिमल्सिना, रुपेश लामा, सागर दाहाल, जेम्स ढकाल, अशोक गौतम, नवीन चन्द्र अर्याल, अरुण पौडेल, सुष्मा निरौला, मनिष ब्यन्जु, सदिन लुइँटेल, रौनक कार्की, विजया पौडेल, इशा सिजाली लगायत कलाकारको अभिनय छ।

फकिर ड्रिमको प्रस्तुति रहेको नाटकको ध्वनि संयोजन नरेश गजुरेलले गरेका छन् भने प्रकाश व्यवस्थापन आशान्त शर्माको रहेकाे छ। नाटक मंगलवार बाहेक साताको प्रत्येक दिन बेलुका ५ः३० बजे र शनिवार दिउँसो १ बजेको अतिरिक्त सो हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?