जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कवि भवानी घिमिरेको सम्झनामा साहित्यिक कार्यक्रम सम्पन्न

काठमाडौँ– वरिष्ठ साहित्यिक पत्रकार एवम् कवि भवानी घिमिरेको सम्झनामा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। उनको सम्झनामा अस्ट्रेलियाको राजधानी क्यानबेरामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा घिमिरेका छोरी महत्ता घिमिरेले अतिथिहरूलाई स्वागत गरेकी थिइन् । उनले कविता ‘बुवा’ वाचन गरी आदर्शले आफूलाई पनि कलम समाउन योग्य बनाएको बताइन्।

कार्यक्रममा अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाश राज पोखरेलले कवि भवानी घिमिरेको सम्झना गर्दै उनीसँग प्रत्यक्ष साक्षात्कार नभए पनि उनको योगदानबारे धेरै कुरा जानकार रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?