जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म ‘खजुरे ब्रो’को छायांकन सुरु : नीति, रेयर र महेश शीर्ष भूमिकामा

काठमाडौं । नीति शाह, रेयर राई र महेश त्रिपाठीलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘खजुरे ब्रो’को छायांकन सुरु भएको छ । यी तीनैजना कलाकारले छायांकन सेट ज्वाइन गरिसकेका छन् । शुक्रबारदेखि सुटिङ सुरु भएको हो । काठमाडौं र धरानका विभिन्न स्थानमा खिल्म खिच्ने तयारी छ ।

लामो समयदेखि फिल्म खेल्न संघर्षरत पूर्वमिस नेपाल इन्टरनेसनल शाहको डेब्यु सपना पूरा भएको छ । यसअघि निर्माण घोषणा भएर पनि शाहले अभिनय गर्ने भनेका फिल्म रद्द भएका थिए । यहि चलचित्रमार्फत डेब्यु गर्न लागेकी नीति एक साता यता छायांकनमै व्यस्त छिन् ।

धरानका एक चर्चित व्यक्तिबाट प्रभावित भएर ‘खजुरे ब्रो’ निर्माण थालिएको हो । खजुरे ब्रोको रोलमा रेयरले अभिनय गरेका छन् । मण्डला नाटकघरका यी अभिनेताको अर्को फिल्म ‘गोर्खा वारिअर’ प्रदर्शन तयारीमा छ ।

यो फिल्मको निर्मातामा नवीन मानन्धर र सुरज सुनुवार छन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन् । सुटिङ सुरु भइसकेपनि निर्माताले माघ १ गते यसको औपचारिक घोषणा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?