जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

टुँडिखेलका घाइतेमध्ये १५ जना ‘डिस्चार्ज’

काठमाडौँ – सोमबार दिउँसो काठमाडौँको टुँडिखेलमा माघी मनाउन गएकाहरूबिच भाग दौडमा परेर घाइते भएका १६ मध्ये १५ जना उपचारपछि घर फर्किएका छन् ।

एक जनाको भने वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा अहिले पनि उपचार भइरहेको छ ।

टुँडिखेलमा माघे सङ्क्रान्तिका अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलगअलग कार्यक्रममा सर्वसाधारणको अत्यधिक भीडका कारण चेपिएर १६ जना घाइते हुन पुगेका थिए ।

उपचारपछि १५ जना घर फर्किएका काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । 

भाग दौडमा घाइते हुनेमा १२ वर्षीय त्रिसना मगर, १२ वर्षीय अञ्जना तामाङ, १९ वर्षीय रेजिना घले, १६ वर्षीय निकिता मगर, ३० वर्षीय रेखा चौधरी र १६ वर्षीय अनिसा केसी छन् ।

यसै गरी, २५ वर्षीय कल्पना चौधरी, २२ वर्षीय मन्दिरा बस्नेत, ४० वर्षीय मीना थापा, १९ वर्षीय रिजा रेस्मी मगर, प्रहरी जवान पृथ्वी बुढामगर, २५ वर्षीय निशा राना थापा, २२ वर्षीय निर्मला श्रेष्ठ, २७ वर्षीय रश्मी नेपाल, ११ वर्षीय युनिका बराल र १४ वर्षीय करिश्मा मगर रहेका उनले बताए ।

महोत्सवमा पस्ने र निस्कनेबिच धकेलाधकेल हुँदा उनीहरू घाइते भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?