जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मायादेवी राना पक्राउ

काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा घर भई काठमाडौंको स्वयम्भू बस्ने वर्ष ३० वर्षीय मायादेवी राना रहेकी छन् ।

रानाले दिपक राज कँडेल समेतलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु त्यसको लागि ८ लाख रुपैयाँ लाग्छ र माल्टा पुगेपछि होटलमा काम लगाइदिन्छु जहाँ मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी पटक पटक गरी ४३ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रानाको खोजतलास गर्ने क्रममा आइतबार स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?