जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

माबोको कथासङ्ग्रह ‘डोली भर्ना’ सार्वजनिक

काठमाडौँ– डा. चित्र माबोको कथासङ्ग्रह ‘डोली भर्ना’ सार्वजनिक भएको छ । उनी ताप्लेजुङ सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष समेत हुन् ।

शुक्रवार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गरिएको एक समारोहमा लेखक माबोसँगै प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री लगायतले संयुक्त रुपमा कथा सङ्ग्रह सार्वजनिक गरेका हुन् ।

माबोको कथासङ्ग्रह ‘डोली भर्ना’ संस्कृति, रहनसहन, मनोविज्ञान र आचरणले निम्त्याएको दुर्दशालाई सम्प्रेषण गरिएको छ । यस कथाकृतिले नेपालको सुदूर पूर्वको पहाडी परिवेशलाई सरल तरिकाले चिनाउन खोजिएको छ ।

सङ्ग्रहमाथि प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी र साहित्यकार प्रनिका कोयूले समीक्षात्मक टिप्पणी राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?