प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौँ–  प्रि ओपन सेसनमा नेप्से सूचक ४.०३ अङ्कले बढेको छ ।

यससँगै सूचक २५४०.१४ विन्दुमा आएको छ । ६९ लाख ७२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६५ कम्पनीको १४ हजार ८ सय २५ कित्ता सेयर कारोबार भएको छ ।

कुल ४२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १२७ वटा कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?