छाती पोल्ने समस्या छ ? यसरी गर्नुस् घरेलु उपचार

तपाईलाई पेट फुल्ने,अमिलो पानी आउने, खाना नरुच्ने समस्या देखियो ? यस्तो अवस्थमा डर लाग्ने, आत्तिने, बैचैनी बढ्ने गरको छ ?

यदि यस्तो समस्या छ भने तपाईलाई अम्लपित्त भएको हुनसक्छ । अम्लपित्तको समस्या बढ्दै गएमा मानिसहरुमा उदास हुने गर्छन् ।

अम्लपित्त भनेको ग्यास्ट्रि ग्ल्यान्डले खाना पचाउनका लागि ग्यास्टिक रस निष्कासन गर्दा रस बढी निष्कासन भएमा पेटमा बढी एसिड जम्मा भइ अम्लपित्त हुन्छ । यसलाई चिकित्सकीय भाषमा एसिडिटी भनिन्छ ।

अम्लपित्तको समयमै उपचार नभएमा इसोफेजेटिज, ग्यास्ट्राइटिज, पेप्टिक अल्सर, ग्यास्ट्रिक तथा इसोफेजियल क्यान्सर हुने सम्भावना हुन्छ ।

अम्लपित्तको घरेलु उपचार

–जीरा र धनियाँको धूलोलाई पानीमा हालेर उमाल्ने र चिसो भएपछि छानेर पिउने,

–हरेक बिहान आधा गिलास दूधमा आधा गिलास पानी र एक चम्चा जति मिश्री मिलाएर बनाएको लस्सी पिउने,

–एक चम्चा अमलाको रस, एक चौथाइ चम्चा भुटेर कुटेको जीराको धूलो, आधा चम्चा धनियाँको धूलो तथा अलिकति मिश्री मिलाएर दिनको एक पटक खानापछि खाने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?