जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आजको मौसम : तीन प्रदेशमा हल्का हिमपात,तराईमा हुस्सु

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम सामान्यतया सफा रहने छ ।

पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको तराईका भू–भागमा आंशिक बदलीको सम्भावना छ भने हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

कोसी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहानको समयमा देशका पश्चिम तराईका केही स्थानहरूमा लागेको हुस्सु–कुहिरो लागेको भएपनि अपराह्नसम्ममा क्रमिक रुपमा हट्ने छ ।

त्यस्तै पूर्व र मध्य तराईका एक–दुई स्थानमा लागेको हुस्सु मध्यान्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेपनि यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?