दिमाग र बुद्धि बङ्गाराबीचको सम्बन्ध के हो ?

बुद्धि बंगारा उम्रदा धेरै मानिस वयस्क अवस्थामा पुगेर बुद्धि छिप्पिसकेका हुन्छन् । त्यसैले यसलाई बुद्धि बंगारा भनिन्छ ।  साधारणतया १७ वर्षदेखि २५ वर्षमा यो दाँत उम्रन्छ ।

यी बङ्गारा मानिसमा बुद्धिको सङ्केत हो भन्ने विश्वास गरिन्छ। तर दन्त चिकित्सकहरू भन्छन्, बुद्धि बङ्गाराको बुद्धिसँग कुनै सम्बन्ध छैन । 

अध्ययनले देखाएको छ कि करिब ५३ प्रतिशत जनसङ्ख्याको एउटा मात्र बङ्गारा छ, कतिपयको यो बङ्गारा पनि छैन। यसलाई बुद्धिसँग जोड्नुमा कुनै तर्क छैन। स्वास्थ्य विज्ञहरू भन्छन्, हाम्रो बङ्गारा समयसँगै साना हुँदै गएको छ। केही वैज्ञानिकहरू विश्वास गर्छन् कि मानव मस्तिष्क समयसँगै बढ्दै जाँदा, बङ्गाराको आकार घट्यो।

यो कारण हो कि जब बुद्धि बङ्गारा आउँदा तपाईँले दुखाइ र असुविधा अनुभव गर्न सक्नुहुन्छ, किनकि ती बङ्गाराको सानो आकारको कारणले राम्रोसँग फिट हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?