जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

तेस्रो कलिङ साहित्य महोत्सव आजबाट शुरु

काठमाडौँ– ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’को तेस्रो संस्करण शनिबारदेखि शुरू भएको छ।

होटल हिमालयमा दुई दिनसम्म चल्ने महोत्सव भारतीय राजदूतावासका डेप्युटी चिफ अफ मिसन श्री प्रसन्न श्रीवास्तव, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, लेखक भुवन ढुङ्गानालगायत व्यक्तित्वहरूको आतिथ्यतामा उद्घाटन गरिएको हो।

कलिङ साहित्यिक महोत्सवका सस्थापक निर्देशक रश्मी रञ्जन परिदाले ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ नेपाल र भारतबीचको सांस्कृतिक आदानप्रदान गर्ने साझा थलो भएको बताए। नेपाल र भारत कुन समयदेखि शुरु भयो भन्ने छुट्याउनै गाह्रो हुने र यो यात्रा निरन्तर चलिरहेको बताए। धेरै चुनौतीलाई पार गरेर यो महोत्सव बनाउँदा पाउँदा खुसी लागेको महोत्सवकी संस्थापक तथा निर्देशक रञ्जना निरौलाले बताइन्।

‘आज हामी देश विदेशका विभिन्न ठाउँबाट साहित्यप्रति एकजुट हुँदै साहित्य महोत्सव बनाउन भेला भएका छौं। यो महोत्सव सर्जकहरुको मात्र भेला नभई विचार, अभिव्यक्ति र अनुभूति, मार्गदर्शन, मनोरञ्जन र ज्ञानको जीवन्त संगम हो,’ उनले भनिन्।

महोत्सवको मुख्य उद्देश्य नेपालको भाषा, साहित्य र कलालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले यो महोत्सव सुरु गरिएको उनको भनाइ छ। कुलपति भूपाल राई यस महोत्सवले सांस्कृतिक अन्तर्क्रियाको माध्यमबाट देश विदेशमा रहेका मानिसहरूलाई जोड्ने बताए । 

डेप्युटी चिफ अफ मिसन श्रीवास्तवले पनि नेपाल र भारतबीचको सम्बन्धलाई मजबुत बनाउन यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। 

‘संस्कृतिले धनी सिटी काठमाडौँमा भारतको प्रतिष्ठित महोत्सव तीन वर्षदेखि भइरहेको छ। भारत र नेपालबीच पुरानो सम्बन्ध छ। यहाँको सम्पदाको भारतसँग गहिरो सम्बन्ध छ। नेपालको कला, साहित्य, संस्कृतिलाई एसियन देशमा फैलाउने फेस्टिभलको मुख्य उद्देश्य हो। नेपाल र भारतबीचको विचार आदानप्रदान गरी बनाउनु पनि हो।’ उनले भने।

काठमाडौँ–कलिङ साहित्यिक महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान र भारतको कलिङ साहित्य महोत्सवको आयोजनामा भएको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?