काठमाडौंमा बेचिने ३ कम्पनीका जारको पानीमा भेटियो ‘कोलिफर्म’

जोयनेपाल
0
Shares
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं– काठमाडौँमा वितरण हुने पिउने पानीमा ‘कोलिफर्म’ भेटिएको छ ।

अनुगमनका क्रममा तीन वटा कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको काठमाडौँ महानगरपालिकाका अनुगमन निरीक्षक डा.अवधेश झाले जानकारी दिए । मानव शरीरका लागि अत्यन्तै जोखिमयुक्त हुने ‘कोलिफर्म’ दिसाजन्य पदार्थ हो ।

निरीक्षक डा। झाका अनुसार विभिन्न दस कम्पनीको जारका पानी परीक्षण गरिएकोमा एक्वा पिस, एक्वा टोखा र एक्वा त्रिदेव कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको हो ।

महानगरपालिकाले अनुगमनका क्रममा पानी संकलन गरी परीक्षणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रयोगशालामा पठाएको थियो । परीक्षणका क्रममा पानीमा ‘कोलिफर्म’ देखिएको हो  ।

पानीमा ‘कोलिफर्म’ को मात्रा शून्य हुनुपर्नेमा परीक्षण गरिएका जारका पानीमा प्रतिसय मिलिलिटरमा ३० देखि ८० फोकलसम्म कोलिफर्म भेटिएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?