जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प, काठमाडौँमा पनि धक्का महसूस

काठमाडौँ– सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आइतवार राति भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १०ः२१ बजे ५ म्याग्नेच्युडको भूकम्प गएको हो ।

नेपाल–चीन सीमावर्ती क्षेत्रमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी सिन्धुपाल्चोकको लिस्तिकोट रहेको छ ।

उक्त भूकम्पको धक्का काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंमा पनि महसुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?