बालबालिकाले कति पानी पिउनुपर्छ ?

हाम्रो शरीरमा रहेका कोषहरूले काम गर्नका लागि तरल पदार्थकै भर परेका हुन्छन्। यस्तै शरीरलाई नचाहिने पदार्थ बाहिर निकाल्न पनि तरल पदार्थकै प्रमुख भूमिका हुन्छ।

वयस्क हुन् वा बालबालिका सबैको स्वास्थ्यमा उनीहरूले लिने तरल पदार्थको मात्रा र प्रकारको असर रहन्छ।

जन्मिँदा बालबालिकाको शरीरमा तरल पदार्थको मात्रा झन्डै ७५ प्रतिशत हुन्छ। हुर्किँदै गरेका बालबालिका र वयस्कको शरीरमा तरल पदार्थको मात्रा झन्डै ६० प्रतिशत हुन्छ।

वास्तवमा बच्चालाई कति परिमाणमा तरल पदार्थ चाहिन्छ भन्ने कुरा मौसम र उसको शारीरिक गतिविधिमा निर्भर हुन्छ । तर सामान्यतया चारदेखि आठ वर्ष उमेरका बालबालिकाले दैनिक झन्डै १.२ लिटर पानी पिउनु आवश्यक हुन्छ ।

त्यस्तै ९ देखि १३ वर्षका बालकले १.६ लिटर र सोही उमेर समूहका बालिकाले १.४ लिटर पानी पिउनुपर्छ ।

एक दिनमा कुन उमेरकाले कति पानी पिउने?

४–८ वर्षका बालबालिका: दिनको १.१ देखि १.३ लिटर

९–१३ वर्षसम्मका बालिका: दिनको १.३ देखि १.५ लिटर

९–१३ वर्षसम्मका बालक: १.५ देखि १.७ लिटर

पानीसँगै हामीले खाने विभिन्न प्रकारका अरू पेय पदार्थ, खाद्यान्न तथा फलफूलमा पनि पानीको मात्रा हुन्छ। यसले शरीरमा तरल पदार्थको मात्रा बढाउन सहयोग गर्छ। काँक्रो, खरबुजालगायतका फलफूलमा९० प्रतिशतसम्म पानीको मात्रा हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?