जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

स्वस्थ्य जीवनका लागि अपनाउनुहोस् यस्तो जीवनशैली

मानिस काम गर्न भन्दा आराम गरेर बस्न धेरै रुचाउँछ । आनन्दले बस्न पाए मानिस सन्तुष्ट हुन्छ । तर निस्क्रिय भएर बस्ने मानिसहरु धेरै रोगका सिकार हुन्छन् ।

स्वस्थ रहनका लागि सक्रिय जिवनशैली आवश्यक रहन्छ । ‘दैनिक एकबट्टा चुरोट खानेलाई क्यान्सर लाग्ने जति धेरै खतरा छ, त्यो भन्दा धेरै खतरा निस्क्रिय भई व्यायाम र मेहनतबाट पन्छिएर निस्क्रिय जीवन जिउनेहरूलाई छ ।’

बढ्दो आधुनिक जिवनशैलीसँगै मानिसहरु निकै निस्क्रिय भईरहेका छन् । सुख–सुविधा र साधनहरूको उपयोगसँगै अल्छे र निस्क्रिय जीवनशैलीले हाम्रो समाजलाई रोगी बनाउँदैछ ।

अहिले प्रत्येकको घरमा कसै न कसैलाई मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, नसा च्यापिने, हड्डी खिइने जस्तो रोग ब्याप्त छ । हो यी सबैको एक साझा कारण हो निस्क्रिय जिवनशैली । र यस्तो समस्याबाट छुटकारा पाउन हामीले आफ्नो दिनचर्या यस्तो बनाउनुपर्दछ ।

(मर्निङ्ग वाकमा) जाने, दौडने, डोरी (स्किपिङ्ग) खेल्ने, पिटी खेल्ने, टे्रड मिल चलाउने, खेल खेल्ने, पौडी खेल्ने, पैदल यात्रामा जाने, नाच्ने, योग गर्ने, एरोविक्स, जुम्बा, बैले, साल्सा गर्ने, हाइकिङ्ग जाने, बाटामा साइकिल चलाउने, स्टाटिक साइकिल चलाउने, जिम जाने, सिँडी उक्लिने, कम्फुकराँते, उसु खेल्ने, डुङ्गा खियाउने, पानीमा गरिने व्यायामहरू गर्ने, करेसा बारी वा बगैँचाको काममा संलग्न रहन गनुपर्दछ ।

मुटु र श्वास–प्रश्वासको गतिलाई बढाउने र एकपल्ट सरर्र पसिना फुटाउन सक्ने बराबरको तिव व्यायाम गर्न आवश्यक छ । व्यायाम कमसेकम १५ देखि ३० मिनेटसम्म नरोकिकन लगातार गरिएको हुनुपर्छ । व्यायाम हप्ताको कम्तिमा ३ पल्ट सम्म दोहोरिएको हुनुपर्छ ।

व्यायाम गर्दा एकपल्ट सरर पसिना फुट्नुका साथै मुटु र श्वास–प्रश्वासको गति बढ्नुपर्दछ । एकपल्ट शरीरका सम्पूर्ण जोर्नीहरू चलाइएको हुनुपर्छ ।

व्यायाम मांसपेशी र अस्थिपञ्जरहरूको लागि मात्र नभएर शरीरभित्रका कोमल अङ्गहरू, जस्तैः आन्द्रा, भुँडी, मृगौला, कलेजो, फियो, फोक्सो, मुटु र मस्तिष्कजस्ता अङ्गहरूलाई प्रभाव पार्ने किसिमको हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?