जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सको शीर्ष डिभिजन फुटबल खेल्ने

काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सको शीर्ष डिभिजन फुटबल खेल्ने भएकी छन्।

फ्रेन्च क्लब अन आभान्ट ग्वेंगाम्पसँग डेढ वर्षलागि अनुबन्ध भएसँगै उनले यो अवसर पाउने भएकी हुन् । यो क्लब युरोपको प्रतिष्ठित शीर्ष पाँच लिगमा पर्ने फ्रान्सको शीर्ष डिभिजन क्लब हो ।

योसँगै उनी ऐतिहासिक उपलब्धि प्राप्त गर्ने नेपाली महिला खेलाडी बनेकी छन्। औपचारिक अनुबन्धनपछि उनले आफ्नो आबद्धता सार्वजनिक गरेकी हुन्। 

उनले ग्वेंगाम्पमा २८ नम्बर जर्सी प्रयोग गर्नेछिन् भने शनिबार हुने लिग खेलमा उनको डेब्यु हुन सक्ने सम्भावना रहेको छ। अङ्क तालिकामा पछिल्लो क्रममा सङ्घर्षरत ग्वेंगाम्पले बोर्डोको सामना गर्दै छ।

केही समयअघि उनी इजरायली क्लब हापोएल रानानाबाट व्यावसायिक फुटबल खेलेकी थिइन्। तर युद्धका कारण उनी इजरायलबाट फर्किएकी थिइन्। उनले छोटो समयमा नै इजरायली क्लबमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दा उनी फ्रेन्च क्लबको नजरमा परेकी थिइन्। उनी सोमबार नै फ्रान्स प्रस्थान गर्दै छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?