जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भासिएको चार महिनापछि कमलादी सडक सञ्चालनमा

काठमाडौँ– काठमाडौँस्थित कमलादीमा भासिएको सडक चार महिनापछि सञ्चालनमा आएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बक्स कल्भर्ट र सडकको रिबन काटेर बिहीबार उद्घाटन गरेका हुन् ।

टुकुचा खोलामाथि अवस्थित सडक भासिएपछि बक्स कल्भर्ट तथा सडक मर्मतपछि सञ्चालनमा ल्याइएको हो । डिजी प्रकाश कन्ट्रक्सनले उक्त सडकको निर्माण कार्य ४६ दिनमा पूरा गरेको जनाएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार कात्तिक २ गते काम शुरु गरेर मङसिर १७ गते सम्पन्न गरेको हो । उक्त सडक खण्ड गत साउन २५ गते अविरल वर्षासँगै भासिएपछि सवारी आवागमन ठप्प भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?