जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एनपीएलको फाइनल हेर्न नेताहरु त्रिवि मैदानमा

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएल फाइनल खेल हेर्न राजनीतिक दलका शीर्ष नेताहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका छन् ।

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको फाइनल खेल हेर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक पनि कीर्तिपुर मैदान पुगेका छन् ।

त्रिवि मैदान परिसरमा दर्शक पनि भरिभराउ छन् ।

जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जित्दै पहिला ब्याटिङ गरेर १ सय ८५ रनको विशाल लक्ष्य दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?