जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एनपीएलमा सबैभन्दा धेरै रनको कीर्तिमान लाहिरुको नाममा

नेपाल प्रिमियर लिग एनपीएलमा सबैभन्दा बढी रनको कीर्तिमान जनकपुरका लाहिरु मिलन्थाले राखेका छन् । लाहिरुले चितवनका रवि बोपारालाई पछि पार्दै कीर्तिमान आफ्नो नाममा राखेका हुन् ।

सुदूरपश्चिमसँगको फाइल खेलमा ८७ रन जोड्दै उनले कीर्तिमान आफ्नो नाममा पारेका हुन् । १० खेलमा उनले जम्मा २९३ रन जोडेका छन् । यसअघि सबैभन्दा बढी रन जोड्ने कीर्तिमान राखेका रविले ८ खेलमा २८६ रन जोडेका छन् ।

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले सबैभन्दा बढी रन जोड्ने खेलाडीको तेस्रो स्थानमा छन् । उनले ७ खेलमा २७९ रन जोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?