जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मेलबर्न टेस्टमा अस्ट्रेलिया विजयी

काठमाडौँ- मेलबर्न टेस्टमा अस्ट्रेलियाले भारतलाई १८४ रनले हराएको छ । यसका साथै अस्ट्रेलियाले बोर्डर-गावस्कर ट्रफीमा २-१ ले अग्रता बनाएको छ । अस्ट्रेलियाले जितका लागि भारतलाई ३४० रनको लक्ष्य दिएको थियो । तर भारतीय टोली १५५ रनमै समेटियो । भारतको तर्फबाट दोस्रो पारीमा सबैभन्दा धेरै रन यशस्वी जयसवालले बनाए । उनले ८४ रनको पारी खेले । उनका अलावा ऋषभ पन्तले ३० रनको पारी खेले ।

यी दुवै ब्याटरका अलावा अरु कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । अस्ट्रेलियाको तर्फबाट सर्वाधिक विकेट कप्तान प्याट कमिन्स र स्कट बोल्यान्डले लिएका छन् । दुवै बलरले आफ्नो नाममा ३-३ विकेट झार्न सफल भए । यिनका अलावा नाथन लायनले २ र मिचेल स्टार्क तथा ट्र्याविस हेडले एक-एक विकेट लिए ।

चौथो दिनको खेल सकिँदा अस्ट्रेलियाले ९ विकेट गुमाउँदै २८८ रन बनाएको थियो । पाँचौँ दिनको सुरुवातमा अस्ट्रेलियन टिम केलब ६ रन मात्रै जोडेर २३४ को स्कोरमा अलआउट भयो । यससँगै अस्ट्रेलियाले भारतलाई ३४० रनको चुनौती दिएको थियो । यस खेलमा अस्ट्रेलियाले टस जिते‍र पहिले ब्याटिङको निर्णय लिएको थियो ।

अस्ट्रेलियाले पहिलो पारीमा ४७४ नरको ठूलो स्कोर बनायो । जसको जवाफमा भारतले पहिलो पारीमा ३६९ रन बनायो । पहिलो पारीमा अस्ट्रेलियाका स्टीभ स्मिथले शतकीय पारी खेले । भारतकोतर्फबाट नीतिश कुमार रेड्डीले आफ्नो करिअरको पहिलो शतक लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?