जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एन्फा महिला लिगमा पुलिसको सानदार जीत

काठमाडौँ – नेपाल पुलिस क्लबले सानदार सुरुआत गरेको छ । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ को राष्ट्रिय महिला लिगको दोस्रो चरण ‘सुपर लिग’ मा विभागीय टोली पुलिसले सानदार सुरुवात गरेको हो ।

पुलिस आज खेलेको आफ्नो पहिलो खेलमा वालिङ नगरपालिकामाथि ५–० को फराकिलो जित हासिल गरेको छ । पुलिसलाई सहज जित दिलाउन अनुष्का शर्मा र सम्झना लावतीले दुई दुई गोल गरेका थएि भने एक गोल पूजा रानाले गरेकी थिइन ।

जितसँगै पुलिस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै वालिङ पुछारमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?