जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आजको मौसम : तीन प्रदेशका पहाडी भू–भागमा हिमपात

काठमाडौँ – आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखा अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको हो । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । 

 राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहने छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?