जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एन्फा युथ लिगः हिमालयन शेर्पालाई हराउँदै सातदोवाटो बिजयी

काठमाडौँ – सातदोबाटो युथ क्लबले बिजय हासिल गरेको छ । एन्फा युथ लिगमा मंगलबार हिमालयन शेर्पा क्लबविरुद्ध १–० को बिजय हासिल गरेको हो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ‘एन्फा’ मुख्यालय मैदानमा भएको खेलमा आयुश खड्काले गरेको एक मात्रै गोल सातदोबाटोको जितमा निर्णायक बन्यो । उनले दोस्रो हाफको ६६औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै सातदोबाटोले चार खेलबाट ६ अंक जोडन सफल भएको छ भने पराजित हिमालयन शेर्पा भने समान ४ खेलबाट १ अंकमा सिमित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?