जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालले स्कटल्यान्डलाई जितका लागि दियो ७४ रनको लक्ष्य

काठमाडौँ– मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै १८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर ७३ रन बनायो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । उनले ४३ बलमा तीन चौका हिर्काइन् । यसैगरी सावित्री धामीले १० रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।

बलिङतर्फ स्कटल्यान्डका लागि मैसी म्याकिरा एक्लैले पाँच विकेट लिइन् । यस्तै अमी बलडाइ र नइमा शेखले दुई दुई तथा क्रिस्टी म्यायाकोलले एक विकेट लिइन् । स्कटल्यान्डले अहिले नेपालविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?