जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आईसीसी यू १९ महिला टी २० विश्‍वकपमा नेपालले मलेसियाको सामना गर्ने

काठमाडौँ- मलेसियामा भइरहेको आईसीसी यू १९ महिला टी २० विश्‍वकपमा नेपालले आज घरेलु टोलीसँग खेल्दैछ । नेपालले मलेसियासँग प्लेअफ खेल्न लागेको हो ।

मलेसियाको जोहोरमा आयोजना हुने खेल नेपाली समयअनुसार सवा १२ बजेदेखि शुरू हुनेछ । समूह चरणमा मलेसिया र नेपाल चौथो स्थानमा थिए । मलेसिया समूह ए तथा नेपाल समूह डी को चौथो स्थानमा रहँदै प्लेअफ खेल्न लागेका हुन् ।

१६ टोली सम्मिलित विश्‍वकपमा नेपालले आफ्नो समूहमा कुनै खेल जित्न सकेन । नेपालले पहिलो खेलमा बंगलादेशसँग ५ विकेटको हार व्यहोरेको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसँग १ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग ८३ रनको हार व्यहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?