जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

महिला यू–१९ टी–२० विश्वकपमा नेपालले मलेसियालाई हरायो

काठमाडौँ- आईसीसी महिला यू–१९ टी–२० विश्वकपमा नेपालले पहिलो जित हासिल गरेको छ ।

आईसीसी महिला यू–१९ टी–२० विश्वकपको प्लेअफ खेलमा नेपालले घरेलु टोली मलेसियालाई सात विकेटले पराजित गरेको हो ।

शुक्रबार जोहर क्रिकेट एकेडेमी ओभलमा मलेसियाले प्रस्तुत गरेको ४५ रनको लक्ष्य नेपालले ११ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६ ओभर ५ बलमा अल आउट हुँदै ४५ रनको योगफल तयार पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?