जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘जोमाटो’ कम्पनीको नाम परिवर्तन गरेर ‘इटरनल’ राख्न अनुमोदन

काठमाडौँ – प्रमुख खाद्य वितरण कम्पनी जोमाटोको बोर्डले बिहीबार कम्पनीको नाम परिवर्तन गरेर ‘इटरनल’ राख्न अनुमोदन गरेको छ । ‘जब हामीले ब्लिंकिट प्राप्त गर्यौं, हामीले जोमाटोको सट्टा इटरनल नाम प्रयोग गर्न थाल्यौं,’ कम्पनीले स्टक एक्सचेन्ज फाइलिङमा भन्यो। ताकि कम्पनी र ब्रान्ड र एपको बीचमा भिन्नता बनाउन सकियोस् ।

जोमाटोका संस्थापक सीईओ दीपेन्द्र गोयलले शेयरधारकहरूलाई लेखेको पत्रमा भनेका छन्, “हाम्रो बोर्डले आज यो परिवर्तनलाई अनुमोदन गरेको छ र म हाम्रा शेयरधारकहरूलाई पनि यो परिवर्तनलाई समर्थन गर्न आग्रह गर्दछु।’

दीपेन्द्र गोयलले भने, ‘जुन दिन कम्पनीले जोमाटोभन्दा माथिको भविष्यमा महत्वपूर्ण स्थान हासिल गर्छ, त्यस दिन सार्वजनिक रूपमा कम्पनीको नाम परिवर्तन गरेर जोमाटोबाट इटरनल राख्छौँ भन्ने सोचेका थियौँ । आज ब्लिंकिटसँग मलाई लाग्छ कि त्यो क्षण आइपुगेको छ ।’

कम्पनीको नाम परिवर्तन गरे पछि पनि अनलाइन अर्डर लिएर खाद्यान्न तथा किराना सामान डेलिभरी प्रदान गर्ने जोमाटो एप पहिलेकै नाममा नै सञ्चालनमा रहनेछ । तर, स्टक एक्सचेन्जमा रहेको कम्पनीको नाम जोमाटोबाट इटर्नलमा परिवर्तन हुनेछ ।

अब इटर्नल अन्तर्गत चारवटा व्यवसाय हुनेछन् जसमा जोमाटो, ब्लिन्किट, डिस्ट्रिक्ट र हाइपरप्युर रहेका छन्, कम्पनीले हाल फूड डेलिभरी, द्रुत कमर्स, डाइनिङ सेवा, टिकट बुकिङ र सप्लाई चेन सोलुसन्समा कारोबार गरिरहेको छ ।

आर्थिक वर्ष २५ को तेस्रो त्रैमासिकमा जोमाटोको नाफा ५७ प्रतिशतले घटेर ५९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १७६ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा कम्पनीको कुल खर्च ५ हजार ५३३ करोड रहेको कम्पनीले यस वर्षको अन्त्यसम्ममा देशमा १ हजार ब्लिङ्किट स्टोर खोल्ने योजना रहेको शेयरधनीहरुलाई जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?