जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालद्वारा भुटान १–० ले पराजित

काठमाडौँ – बङ्गलादेशमा जारी यू–१९ दक्षिण एसियाली महिला साफ च्याम्पियनसिपमा नेपालले भुटानमाथि १–० को कठिन जित निकालेको छ ।

ढाकास्थित बिएसएस रङ्गशालामा भएको खेलमा नेपालको जितका लागि सेनु परियारको गोल निर्णायक बन्यो ।  योसँगै नेपालले महत्त्वपूर्ण ३ अङ्क जोडेको छ भने जितपछि नेपालको फाइनल सम्भावना जीवित रह्यो ।

नेपाल पहिलो खेलमा आयोजक बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो । यता भुटानको भने हारसँगै फाइनल पुग्ने आशा समाप्त भएको छ । भुटान एक खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको छ । 

भुटान पहिलो खेलमा भारतसँग १०–० को फराकिलो अन्तरले पराजित भएको थियो । भारत दोस्रो खेलमा उपाधि दाबेदार बङ्गलादेशसँग १–० ले पराजित भयो ।

प्रतियोगितामा लगातार दोस्रो जित निकालेको बङ्गलादेश ६ अङ्कसहित शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ अङ्क छ ।

अब, फाइनलमा स्थान बनाउन नेपालले समूहको अन्तिम खेलमा भारतलाई हराउनुपर्नेछ । हार र बराबरीले पनि नेपालको सम्भावना सकिनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?