जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

चलचित्रकर्मीहरूका लागि मेकअपसम्बन्धी पाँचदिने कार्यशाला सुरु

सुर्खेत – चलचित्र विकास बोर्डको आयोजनामा कर्णाली प्रदेशका चलचित्रकर्मीहरूका लागि सुर्खेतको वीरेन्द्रनगरमा फिल्मी मेकअपसम्बन्धी पाँचदिने कार्यशाला सुरु भएको छ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष गणेश भण्डारी कार्यशालाको प्रमुख अतिथि उपस्थित थिए। कार्यशालामा २७ जना स्थानीय चलचित्रकर्मीहरूको सहभागिता रहेको छ ।

बोर्डका सदस्य राजु केसीको संयोजनमा सञ्चालन भइरहेको कार्यशालामा कर्णालीका प्रतिष्ठित चलचित्रकर्मी प्रेमदेव गिरीलगायतका कलाकार तथा साहित्यकारहरूको उपस्थिति रहेको छ।

चलचित्रकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशालामा नेपाली चलचित्रका वरिष्ठ सौन्दर्यकर्मि एवं प्रशिक्षक शन्तु तामाङद्वारा प्रशिक्षण प्रदान गरिनेछ। माघ ३० देखि फागुन ४ गतेसम्म सञ्चालन हुने कार्यशालाले स्थानीय कलाकारहरूलाई फिल्म निर्माणको महत्त्वपूर्ण पक्ष—मेकअप—बारे व्यावहारिक ज्ञान प्रदान गर्दै उनीहरूको दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?