जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप, नेपाल बिजयी

काठमाडौँ – नेपालले बिजय हासिल गरेको छ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानलाइ १–० को जीत निकालेको हो ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आजको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई १–० ले पराजित गर्यो ।मिडफिल्डर विमला चौधरीले पहिलो हाफको १० औं मिनेटमा गरेको एकमात्र गोल अन्ततः आजको खेलमा निर्णायक बन्न पुगेको हो ।

जीत सँगै ४ देश सम्मिलित प्रतियोगितामा नेपालले तीन अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । आजको पहिलो खेलमा लेबनानलाई ३–१ ले पराजित गरेको म्यानमार शीर्ष स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?