जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ज्ञानचक्षु जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

काठमाडौं- ज्ञानचक्षु जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । ज्ञानचक्षु विद्यालयको आयोजनामा सम्पन्न प्रतियोगितामा लिटिल बर्ड भ्याली विद्यालय प्रथम, नागार्जुन विद्यालय दोस्रो र आयोजक ज्ञानचक्षु विद्यालय तेस्रो भयो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा आयोजित प्रतियोगितामा काठमाडौं जिल्ला तेक्वान्दा संघका अध्यक्ष विक्रम खड्गीलगायत विभिन्न विद्यालयका प्रिन्सिपल, समाजसेवी एवम् आम सर्वसाधारणको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा विभिन्न १५ विद्यालयका २५० भन्दा धेरै प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?