जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कप्तान एन्जिला क्लब ड्युटीका लागि ग्रिस प्रस्थान

काठमाडौँ – राष्ट्रिय महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आफ्नो क्लब ड्युटीका लागि प्रस्थान गरेकी छिन् ।

एन्जिला ग्रिसको निस एट्रोमिटौ क्लबबाट खेल्ने गर्दछिन् । उनलाई विमानस्थलमा एन्फा केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाहलगायतले बिदाइ गरेका थिए ।

यस अघि विहिबार राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड रेखा पौडेल र सावित्रा भण्डारी साम्बा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप पछि आ-आफ्नो क्लबमा फर्किएका थिए ।

पौडेल युएईको आबु धाबी कन्ट्री क्लबबाट व्यावसायिक फुटबल खेल्छिन भने साम्बा फ्रान्सको महिला लिग क्लब इ ए गुइङ्ग्याम्पबाट खेल्ने गर्दछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?