जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

च्याम्पियन्स ट्रफी : अफगानिस्तानले अस्ट्रेलियालाई दियो २७४ रनको लक्ष्य

काठमाडौँ – अफगानिस्तानले अस्ट्रेलियालाई २७४ रनको लक्ष्य दिएको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले ५० ओभरमा अल आउट हुदै २७३ रन बनाएको हो ।

अफगानिस्तानका लागि सेडिक्वालाह अटलले सर्बाधिक ८५ रन बनाएका थिए भने अजम्तुल्लाह ओमारजाईले ६७ रनको योगदान दिएका थिए । त्यसैगरी इब्राहिम जद्रानले २२, कप्तान हशमतुल्लाह शाहिदीले २० र राशिद खानले १९ रन बनाएका थिए ।

त्यसैगरी अस्ट्रेलियाका बलर बेनद्वारशुइसले सर्बाधिक ३ विकेट लिए भने स्पेन्सर जोन्सन र एडम जाम्पाले २-२ विकेट लिए । त्यसैगरी नाथन एलिस र ग्लेन म्याक्सवेलले एक एक विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?