सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदी बजारमा प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार र आइतबार एउटै मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?