जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यू– १९ साफ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौँ – बङ्गलादेशको ढाकामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दैछन् ।

खेल बङ्गलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।खेलमा जित भएमा नेपाल फाइनल पुग्नेछ भने पराजित भए बाहिरिनेछ ।

यही कारण शीर्ष दुईमा रहेर फाइनल खेल्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । चार टोली सहभागी प्रतियोगितामा आयोजक बङ्गलादेश दुई खेलबाट ६ अङ्कसहित शीर्ष स्थानमा छ ।

नेपाल र भारतको दुई खेलबाट समान तीन अङ्क छ । लगातार दुई हार बेहोरेको भुटान अङ्कविहीन छ । नेपाल र भारतको समान अङ्क भए पनि भारत गोल अन्तरमा अघि छ ।

आजको खेलमा भारतले नेपालसँग बराबरी खेलेमा पनि फाइनल पुग्नेछ । प्रतियोगिताको फाइनल खेल पर्सि हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?