जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

हेटौंडा अस्पतालमा ६ महिनामा १ सय ४२ किशोरी आमा बने

काठमाडौं- मकवानपुरको हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) को अवधिमा १ सय ४२ जना किशोरीहरू आमा बनेका छन् ।

अस्पतालको तथ्याङ्क अनुसार मात्रै पुस महिनामा १२ जना किशोरी आमा भएका हुन् । पुस महिनामा मात्र २ सय ७५ जना गर्भवतीले यहाँ उपचार गराएका थिए ।

यसअघि साउनमा २७, भदौमा २५, असोजमा ३३, कात्तिकमा २२ र मंसिरमा २३ जना किशोरी आमा बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?