जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

लालझाडीका ज्येष्ठ नागरिकलाई तीर्थाटन

कञ्चनपुर – ज्येष्ठ नागरिकलाई लालझाडी गाउँपालिकाले तीर्थयात्राका लागि पठाएको छ । गाउँपालिकाबाट तीर्थयात्रा गर्दा लाग्ने खाने, बस्ने, यातायातलगायतको सम्पूर्ण खर्च बेहोर्ने गरी ७० जना ज्येष्ठ नागरिकलाई तीर्थाटनका लागि पठाएको हो ।

गाउँपालिकाको सहकारी शाखाका प्रमुख प्रभुराज जोशीको नेतृत्वमा दुई वटा आरामदायी बसको व्यवस्था गरी ज्येष्ठ नागरिकको टोलीलाई तीर्थाटनका लागि पठाइएको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए ।

“ज्येष्ठ नागरिकलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनी, माता सीता ‘जानकी’को जन्मस्थान जनकपुर, ऋषिमुनिको तपोस्थली देवघाटलगायत दर्शनिय क्षेत्रको तीर्थाटनका लागि ज्येष्ठ नागरिकलाई पठाएका छौँ”, उनले भने, “ज्येष्ठ नागरिकको इच्छाअनुसार आवश्यक बजेटको व्यवस्था गरी तीर्थाटनका लागि कार्यक्रम संयोजन गरेका छौँ ।”

तीर्थाटनका लागि ६० वर्ष देखि ७५ वर्षसम्मका ज्येष्ठ नागरिकलाई सहभागी गराइएको छ । तीर्थाटन टोलीमा ज्येष्ठ नागरिकको साथमा प्राथमिक उपचार सामग्री सहित एक जना स्वास्थ्यकर्मी र तीन जना खाना व्यवस्थापकलाई खटाइएको छ ।

एक साताको तीर्थाटन कार्यक्रम पूरा गरी ज्येष्ठ नागरिकको टोली फर्कने बताइएको छ । गत वर्ष गाउँपालिकाले ४५ जना ज्येष्ठ नागरिकलाई तीर्थाटन गराएको थियो । स्वदेशका दर्शनिय तीर्थस्थलको अवलोकनका लागि आगामी वर्षमा पनि ज्येष्ठ नागरिकलाई पठाउनका लागि यथोचित बजेटको व्यवस्था गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?