जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अन्ततः ब्रम्हाण्डमा भेटियो जीव भएको अर्को ग्रह

काठमाडौँ – जबदेखि मानवले समझको विकास गरेको छ, तबदेखि सबैको मनमा एउटा प्रश्न सधैं आइरहेको छ कि के पृथ्वी बाहेक ब्रह्माण्डमा कतै जीवन छ ? तर, हालै भएको नयाँ खोजमा वैज्ञानिकहरूले यस्तो कुरा फेला पारेका छन्, जसपछि सायद यो प्रश्नको जवाफ पाउन सकिने भएको छ ।

पृथ्वी बाहेक ब्रह्माण्डमा कतै पनि जीवन खोज्ने काम वर्षौंदेखि भइरहेको छ । अब एलियन जीवनको बारेमा एक बलियो संकेत प्राप्त भएको छ, जसपछि यो सम्भव छ कि हामी चाँडै अर्को ग्रहमा जीवन पत्ता लगाउन सक्छौं।

वैज्ञानिकहरूले अर्को ताराको परिक्रमा गर्ने टाढाको संसारमा जीवन हुन सक्ने नयाँ प्रमाण फेला पारेका छन्। के टु- बी १८ नामक ग्रहको वायुमण्डलको अध्ययन गर्ने क्रममा क्याम्ब्रिज टोलीले पृथ्वीमा सामान्य जीवहरूले मात्र उत्पादन गर्ने अणुहरूको संकेत पत्ता लगाएका छन् ।

नासाको जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लुएटी) द्वारा ग्रहको वायुमण्डलमा जीवनसँग सम्बन्धित रसायनहरू पत्ता लागेको यो दोस्रो पटक हो। यस पटकको प्रमाणले पहिले भन्दा धेरै आशा जगाउँछ तर खोज टोली र स्वतन्त्र खगोलविद्हरू भन्छन् कि यी परिणामहरू पुष्टि गर्न थप डेटाहरू अझै आवश्यक रहेको छ।

बीबीसीको एक रिपोर्टका अनुसार प्रमुख अनुसन्धानकर्ता तथा क्याम्ब्रिज विश्वविद्यालयको इन्स्टिच्युट अफ एस्ट्रोनोमीका प्रोफेसर निक्कु मधुसूदनले छिट्टै ठोस प्रमाण आउने अपेक्षा गरेका छन् । ‘यो अहिलेसम्मको सबैभन्दा बलियो प्रमाण हो कि त्यहाँ सम्भवतः त्यहाँ जीवन छ,’ प्रोफेसरले भने, ‘म वास्तविक रूपमा भन्न सक्छु कि हामी यो संकेत एक देखि दुई वर्ष भित्र पुष्टि गर्न सक्छौं।’

के टु- बी १८ पृथ्वी भन्दा साढे दुई गुणा ठूलो छ र पृथ्वीबाट ७०० ट्रिलियन माइल टाढा छ। के टु- बी १८ ले एउटा सानो रातो सूर्यको परिक्रमा गरिरहेको छ । जुन टेलिस्कोपले यो सबै खोज गरिरहेको छ, जेडब्लुएटी यति शक्तिशाली छ कि यसले सानो रातो सूर्यबाट गुजरने प्रकाशबाट केटु– बि १८ ग्रहको वायुमण्डलको रासायनिक संरचनाको विश्लेषण गर्न सक्छ।

पृथ्वीमा भने यी ग्याँँसहरू समुद्री फाइटोप्लाङ्क्टन र ब्याक्टेरियाले उत्पादन गर्छन्। सोही आधारमा बैज्ञानिकहरूले ब्रम्हाण्डमा जीवन भएको अर्को ग्रह पत्ता लगाएको दावी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?