जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

क्यानाडालाई नेपालले दियो २ सय २५ रनको लक्ष्य

काठमाडौं– क्यानाडाविरुद्धको एक दिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय २४ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले सवार्धिक ६२ बनाए । ५८ बलको सामना गरेका उनले ९ चौका र १ छक्का प्रहार गरे । त्यसैगरी, आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामीले २७, कुशल मल्लले २० र भीम सार्कीले १७ रन जोडे ।

क्यानाडाका उदय भगवानले २ विकेट लिए भने साद बिन जफार र ईश्वरजोत सोहीले समान दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?