जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

थाइल्याण्डले नेपालसामू १५८ रनको लक्ष्य

काठमाडौं- आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत आजको खेलमा आयोजक थाइल्याण्डले नेपालसामू विशाल लक्ष्य प्रस्तुत गरेको छ।

टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा मात्र २ विकेट गुमाउँदै १५८ रन बनाएको हो। थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित ५० रन बनाइन् भने ओपनर नताया बूचाथामले पनि ५० रनको महत्वपूर्ण योगदान दिइन्। अफिसरा सुवानचोनराथीले २९ रन र नाथाकम चान्थमले १४ रन जोडिन्।

नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले समान १–१ विकेट लिइन्। नेपाल र थाइल्याण्ड दुवै टोली यसअघि नै आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगिसकेका छन्।

आजको खेल जित्ने टोली एसिया छनोटको च्याम्पियन बन्नेछ। यद्यपि, नेपालले अहिलेसम्म थाइल्याण्डलाई पराजित गर्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?