जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एनिमल’पछि तृप्ति डिमरीको धमाकेदार कमब्याक, बक्स अफिसमा राज गर्ने तयारी

काठमाडौँ – ‘लैला मजनु’ र ‘बुलबुल’ जस्ता कलात्मक फिल्महरूबाट अभिनयको गहिरो छाप छोडेकी अभिनेत्री तृप्ति डिमरी पछिल्लो समय सन्दीप रेड्डी वांगाको ब्लकबस्टर फिल्म ‘एनिमल’ बाट चर्चामा आएकी हुन्।

रणबीर कपूरसँग सानो भूमिका भए पनि प्रभावशाली अभिनय गरेकी तृप्तिले ‘भाभी नम्बर २’ को भूमिकाबाट दर्शकको मन जित्न सफल भइन्। यही भूमिकाले उनलाई ठूला ब्यानर र नाम चलेका निर्देशकहरूको नजरमा पुर्‍याएको हो।

अब तृप्ति बलिउडका चार ठूला प्रोजेक्टहरूमा मुख्य भूमिकामा देखिन लागेकी छन्, जसले उनको स्टारडमलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।

१. धड़क – २

सन् २०१८ मा आएको फिल्म ‘धड़क’को सिक्वेल ‘धड़क – २’ मा तृप्ति डिमरीले सिद्धान्त चतुर्वेदीसँग स्क्रिन सेयर गरेकी छन्। हालै रिलिज भएको फिल्मले जातीय भेदभाव, सामाजिक बन्धन र प्रेम जस्ता विषयमा आधारित कथा प्रस्तुत गरेको छ। ट्रेलरदेखि नै दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए भने समीक्षकहरूले तृप्तिको अभिनयलाई “raw र प्रभावशाली” भन्दै प्रशंसा गरेका छन्।

२. स्पिरिट

‘एनिमल’का निर्देशक सन्दीप रेड्डी वांगाको निर्देशनमा बन्ने अर्को प्यान–इन्डिया फिल्म ‘स्पिरिट’ मा पनि तृप्तिले प्रभाससँग स्क्रिन सेयर गर्नेछिन्। उनले यो फिल्ममा डाक्टरको भूमिका निभाउनेछिन्। विशेष कुरा के छ भने, यो भूमिका पहिला दीपिका पादुकोणलाई प्रस्ताव गरिएको थियो, तर अब तृप्तिले उनको स्थान लिएकी छन्। फिल्मको छायांकन सन् २०२५ को सेप्टेम्बरबाट सुरु हुने योजना छ।

३. रोमियो

अर्को महत्त्वपूर्ण फिल्म ‘रोमियो’ मा तृप्ति डिमरी शाहिद कपूरसँग मुख्य भूमिकामा देखिनेछिन्। विशाल भारद्वाजको निर्देशन र साजिद नाडियाडवालाको निर्माणमा बन्न लागेको यो क्राइम–थ्रिलर फिल्ममा नाना पाटेकर, रणदीप हुड्डा, विक्रान्त मेस्सी र फरीदा जलाल जस्ता कलाकार पनि छन्। फिल्म २०२५ डिसेम्बर ५ मा रिलिज हुने बताइएको छ।

४. एनिमल पार्क

‘एनिमल’ फिल्मको सिक्वेल ‘एनिमल पार्क’ मा पनि तृप्ति डिमरी पुनः रणबीर कपूरसँगै देखिनेछिन्। सन्दीप रेड्डी वांगाकै निर्देशनमा बन्ने यस फिल्मलाई लिएर दर्शकमाझ ठूलो उत्साह छ। फिल्म अहिले प्रारम्भिक तयारीमा रहेको र २०२७ सम्म रिलिज हुने अपेक्षा गरिएको छ।

थप प्रोजेक्टहरू पनि लाइनमा

यी फिल्महरूबाहेक तृप्ति डिमरी निर्देशक इम्तियाज अलीको आगामी शीर्षकविहीन फिल्ममा पनि काम गर्दैछिन्। हाल उक्त फिल्मको स्क्रिप्ट लेखन र प्रि–प्रोडक्सन चरणमा रहेको बताइएको छ।

‘एनिमल’ले तृप्ति डिमरीलाई रातारात स्टार बनाएको भए पनि उनका आगामी ठूला प्रोजेक्टहरूले बलिउडमा उनको दरिलो स्थान निर्माण गर्ने सम्भावना प्रबल देखिन्छ। विभिन्न विधामा अभिनय गर्दै आइरहेकी तृप्तिको बहुप्रतिक्षित फिल्महरू दर्शकमाझ ठूलो अपेक्षासहित प्रतिक्षामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?