जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘महावतार नरसिंह’ ले तोड्यो रेकर्ड, नवौं दिनमै कमायो ६७ करोडभन्दा बढी

काठमाडौँ – २५ जुलाईमा रिलिज भएको अश्विन कुमार निर्देशित एनिमेसन फिल्म ‘महावतार नरसिंह’ बक्स अफिसमा धमाका गरिरहेको छ। नवौं दिनमा मात्र १५ करोडको कमाई गरेको यो फिल्मले कुल ६७ करोड ९५ लाख रुपैयाँ नजिक पुगिसकेको छ।

यो सफलता सँगसँगै ‘महावतार नरसिंह’ भारतकै सबैभन्दा धेरै कमाउने एनिमेसन फिल्म बन्ने तयारीमा छ। यसअघि ‘हनुमान’, ‘रोडसाइड रोमियो’ र ‘छोटा भीम’ले बनाएका रेकर्डहरू तोडिएको छ।

फिल्मको हिन्दी संस्करणले पनि जबरजस्त कमाई गरिरहेको छ। पहिलो सातामा २९ करोड कमाइसकेको यो फिल्मले दोस्रो शनिबार मात्र ११ करोड कमाएको अनुमान छ। ट्रेड विश्लेषकहरूका अनुसार यो फिल्मले कुल १२५ करोडभन्दा बढी कमाउने छ।

यसबीच ‘महावतार नरसिंह’ले ‘सैयारा’, ‘धडक २’, र ‘सन अफ सरदार २’ जस्ता प्रतिस्पर्धी फिल्महरूको व्यापारमा कुनै असर नपारेको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?