जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

श्रव्यदृश्य निर्माणमा एआइको प्रयोग

काठमाडौं – सूचना प्रविधिका क्षेत्रमा कृत्रिम बौद्धिकता ‘आर्टिफिसिएल इन्टेलिजेन्ट–एआइ’ को छुट्टै स्थान छ । केही समययता लोकप्रिय भइरहेको मानवनिर्मित प्रविधि एआइमा मानिससरह सोच्ने, बोल्ने र व्यवहार गर्ने क्षमता हुन्छ ।

गुगल, माइक्रोसफ्ट, लेनोभोजस्ता सूचना प्रविधिसँग प्रत्यक्ष सरोकार राख्ने हार्डवेयर तथा सफ्टवेयर उत्पादकहरू एआइमा काम गरिरहेका छन् । इन्टरनेट प्लेटफर्ममा एआइ प्रविधिका विभिन्न एपहरू चर्चामा पनि रहेका छन् ।

ती एपहरूले सङ्कलन गरेर नयाँ ढङ्गले सूचना प्रस्तुत गर्नका लागि जेनेरेटिभ एआइ प्रविधिको प्रयोग गर्छन् अर्थात् ‘ओपन सोर्स’मार्फत सूचना निर्माण गर्ने काम गर्छन् । यसै प्रविधिमार्फत हाल नेपाली गीतका लागि श्रव्यदृश्य तयार गरिएको छ ।

गायक प्रमोद खरेल र गायिका डा. त्रिशाला गुरुङले गाएको बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको गीत ‘तिमी जे बन, उदाहरण बन’ को श्रव्यदृश्य एआइ प्रविधिमार्फत तयार गरिएको हो ।

“हामीले सोचेजस्तो भिडियोलाई एआइको मद्दतले तयार गरेका हौँ । अहिले विश्वभर प्रविधिको प्रयोग बढिरहँदा हामीले पनि सुरुआत गरेका हौँ”, निर्देशक ढुङ्गेलले भने, “गीतले आफ्ना सन्तान प्राध्यापक, डाक्टर, इञ्जिनियर, पाइलटजस्ता निश्चित पेसामा लागेको देख्न रुचाउने परम्परागत सोचभन्दा माथि उठेर जेजस्तो काम, पेसा वा व्यवसायमा लागे पनि आफ्नो कार्यमा उत्कृष्ट हुने कोसिस गर्दै असल मान्छे बन्न प्रेरित गरेको छ ।” श्रव्यदृश्यलाई राजु बस्नेतले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?