जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ग्याङ्स्टर धम्कीपछि कपिल शर्माको सुरक्षा बढाइयो

मुम्बई – चर्चित भारतीय कमेडियन कपिल शर्माको क्यानडामा रहेको क्याफेमा दुईपटक गोली चलाइएपछि मुम्बई प्रहरीले उनको सुरक्षा बढाएको छ। पछिल्लो हमला अगस्ट ७ मा भएको हो, जसको जिम्मेवारी लरेन्स बिश्नोई गिरोहसँग सम्बन्धित ग्याङ्स्टर गोल्डी ढिल्लनले सामाजिक सञ्जालमार्फत लिएका थिए।

पहिलो गोलीकाण्डको जिम्मा खालिस्तानी आतंककारी हरजीत सिंह लाडीले लिएका थिए। दुईवटै घटनापछि कपिललाई फोनमार्फत धम्की दिइएको भन्दै ग्याङले पोस्टमार्फत चेतावनीसमेत दिएको थियो।

सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै मुम्बई प्रहरीले कपिलको घर र दैनिक गतिविधिको सुरक्षा बढाएको छ। यसअघि, सरे प्रहरी प्रमुख र मेयर खाजा खान कपिलको क्याफेमा पुगेर अवस्थाको अवलोकन गरेका थिए, जसको भिडियो कपिलले सामाजिक सञ्जालमा सेयर गरेका थिए।

यसैबीच, लरेन्स बिश्नोई गिरोहका अर्का सदस्य ह्यारी बक्सरले अडियो नोटमार्फत सलमान खानसँग काम गर्ने सबै कलाकारहरूलाई पनि धम्की दिएका छन्। घटनाक्रमले भारतीय मनोरञ्जन क्षेत्रमै असुरक्षा र त्रासको वातावरण सिर्जना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?