जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विजय बरालसँग पर्दामा देखिँदै ‘एक्टर: टेक वन’का निर्देशक राजन भुसाल

काठमाडौँ। लोकप्रिय अभिनेता विजय बराल प्रमुख भूमिकामा देखिने नयाँ नेपाली चलचित्र ‘जिरो डिग्री’मार्फत चलचित्र निर्देशक राजन भुसालले अभिनयमा डेब्यु गर्ने भएका छन्।

भुसाल यस चलचित्रको कथाकार समेत हुन्। ‘जिरो डिग्री’को निर्देशन भने सजन काफ्ले र आकास बरालले संयुक्त रूपमा गर्दैछन्।

यसअघि भुसालले निर्देशन गरेको चलचित्र ‘एक्टर: टेक वन’बाट उनी दर्शकमाझ परिचित छन्। यी निर्देशकद्वयले यसअघि ‘बेहुली फ्रम मेघौली’ निर्देशन गरेर चर्चा कमाइसकेका छन्।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘जिरो डिग्री’को पटकथा तथा संवाद निर्देशकद्वय काफ्ले र बरालले तयार पारेका छन्। कथावस्तु सडक नपुगेको एक दुर्गम गाउँमा केन्द्रित छ।

जहाँ आमाबुवाको निधन भएपछि विदेशमा रहेका छोराछोरी आइपुगुन्जेल सम्म शव सुरक्षित राख्न डीप फ्रिज बोकेर गाउँ भित्र्याएपछि सिर्जना हुने अनौठा र उथलपुथलपूर्ण घटनाहरू प्रस्तुत गरिएको छ।

निर्देशकका अनुसार चलचित्र केवल फ्रिज गाउँसम्म पुर्‍याउने कथामा सीमित नभई ‘डार्क कमेडी’ शैलीमा समाजका गहिरा यथार्थहरू उजागर गर्ने प्रयास हो।

यसअघि सार्वजनिक गरिएको यसको पोस्टरमा कलाकारको अनुहारभन्दा कथाको केन्द्रबिन्दु बनेको डीप फ्रिज लाई प्राथमिकता दिइएको थियो।

चलचित्रका कार्यकारी निर्माता मोती कार्की हुन्। ‘जिरो डिग्री’को छायाङ्कन सुरु हुने चरणमा रहेको र हाल निर्माण पक्ष लोकेसन तय गर्न विभिन्न स्थानहरूमा पुगिरहेको छ। आगामी वर्ष प्रदर्शनमा ल्याउने तयारी गरिएको यो चलचित्रको वितरण कुबेर सिने डिस्ट्रिब्युसन ले गर्नेछ।

निशाल पौडेलले छायाङ्कन गर्ने यस चलचित्रका गीतमा अङ्कित बाबु अधिकारी ले सङ्गीत भर्नेछन् भने ‘ऊनको स्वीटर’ को चर्चित गीत ‘काफ्ले’ का रचनाकार युवराज काफ्लेले गीत लेख्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?