जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अस्पतालबाट डिस्चार्ज भए बलिउड अभिनेता मिथुन

काठमाडौं । बलिउड अभिनेता मिथुन चक्रवती अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार आएपछि उनी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका हुन्।

पारिवारीक स्रोतका अनुसार मिथुन चाडै नै काममा फर्किने भएका छन् । केही दिनको आरामपछि उनी छिट्टै काममा फर्किने स्रोतले बताएको समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

उनलाई अचानक छाती दुख्न थालेपछि शनिबार अस्पताल भर्ना गरिएको थियो। उनलाई आइसियुमा राखिएको थियो।

उनलाई इस्केमिक सेरेब्रोभास्कुलर दुर्घटना ‘स्ट्रोक’ भएको थियो। ७३ वर्षीय उनलाई न्युरो फिजिसियन, कार्डियोलोजिस्ट र ग्यास्ट्रोएन्टेरोलजिस्ट सहितको चिकित्सक समूहले उपचार गरेका थिए।

उनलाई देखिएको इस्केमिक रोग रगत जमेको कारण हुन्छ। यसले गर्दा मस्तिष्कमा हुने रगतको प्रवाहको नलीलाई रोकिदिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?